काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रापंपा) ले हिन्दु राष्ट्र पुर्नस्थापना जागरण अभियान सुरु गरेको छ । नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग राख्दै आएको राप्रपाले जागरण अभियान सञ्चालन गरेको हो । अभियानको क्रममा आजदेखि देशभर ‘हिन्दु राष्ट्र पुर्नस्थापना जागरण घरदैलो अभियान’ सुरु गरेको छ ।
नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएर बहुसंख्यक हिन्दुहरुमाथि अन्याय भएको भन्दै राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि अभियान सञ्जालन गरिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
राप्रपाले स्वाभिमानी यात्रा अन्तर्गत आज र भोली दुई दिन देशभर ‘हिन्दु राष्ट्र पुर्नस्थापना जागरण घरदैलो अभियान’ सञ्चालन गरिएको हो । यो अभियानको लागि राप्रपाले केन्द्रीय नेताहरुलाई देशभर खटाएको छ ।

फागुनबाट सञ्चालन गर्ने भनिएको हिन्दु राष्ट्र पुर्नस्थापना जागरण आन्दोलनको पूर्व तयारी स्वरुप यो अभियान सञ्चालन गरिएको बर्तौलाको भनाई छ ।
संविधानले दिएको अधिकार अनुरुप नै आफुहरुले उक्त अभियान सञ्चालन गरिरहेको उनको भनाई छ । छापामार शैलीमा संविधानमा धर्म निरपेक्ष राष्ट्र राखिएको भन्दै राप्रपाले विगतदेखि विरोध गर्दै आएको छ । उसले नेपाल धर्म निरपेक्ष नभई हिन्दु राष्ट्र हुनुपर्ने माग गरेको छ ।
राप्रपा कुनै पनि धर्मको विरोधी नभएको बताउँदैं बर्तौलाले भने, ‘जसरी हिन्दु धर्ममाथि तारन्तार आक्रमण भईरहेको छ । त्यसलाई निस्तेज पार्न राज्यले कुनै चासो देखाएको छैन् । त्यसैले हामीहरु विभिन्न अभियान सञ्चालन गरेर अघि बढिरहेका छौं ।’
गरिबी, अशिक्षित क्षेत्रमा पुरै गाउँलाई नै बाध्य बनाएर धर्म परिवर्तन गराउने खेल भईरहेको भन्दै त्यसलाई राज्यले कडा कारवाही गर्नुपर्ने उनको धारणा छ । आफुखुशी धर्म परिवर्तन गर्न पाउने सबैको अधिकार भएको तर जबरजस्ती गर्नेलाई कानूनी कारवाही हुनुपर्ने राप्रपाको माग रहेको छ ।
राप्रपाले यही माघ १५ देखि २५ गतेसम्म मेची महाकाली स्वाभिमान यात्र सुरु गर्दैछ । पूर्वको ताप्लेजुङबाट सुरु हुने यात्रा पश्चिमको कञ्चनपुर पुगेर सकिनेछ ।
उक्त अभियानका क्रममा राप्रपाले आफ्नो मुद्दाहरु आम नागरिकसँमक्ष पुर्याउनुका साथै हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि सचेतना फैलाउनेछ । राप्रपाले फाुगनमा प्रजातन्त दिवसको अवसरबाट देशव्यापी हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि आन्दोलनको घोषणा गरेको छ । उक्त आन्दोलनले नेपाल हिन्दु राष्ट्र पुर्नस्थापना हुने राप्रपाको दाबी छ ।





























प्रतिक्रिया