एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्र्टीका अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले अनसनरत डाक्टर गोविन्द केसीसंग गरेको सहमति बारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैह् जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
डाक्टर लोहनीले प्रधानमन्त्री आफैले सहमति गरेर कार्यान्वयन गर्ने समयमा संसदमा गईसकेको छ मेरो केही जिम्मेवारी छैन भन्नु गतल भएको टिप्पणी गरे । सनिबार रिपोर्टस क्लबको साक्षात्कारमा डाक्टर लोहनीले प्रतिवद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ ? भनि प्रश्न गरे ।
दुई तिहाईको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दुखद भएको बताए । सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको बताए ।
उनले वाईडवडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफु अनुकुल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए ।
डाक्टर लोहनीले दुई तिहाईको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पुँजीवाद तर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहीरहे अन्तराष्ट्रिय वित्तिय क्षेत्रमा नेपाल कालो सूचीमा पर्ने दाबी गरे ।
उनले निर्मला पन्तको हत्या पछिको बलात्कार घटनाका प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारवाही गर्न माग गरे ।





























प्रतिक्रिया