काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पीएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताएका छन् ।
शनिबार प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उनले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताएका हुन् ।
उनले भने, ‘पीएल दाइ असाध्यै उदार हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई । पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्नुहुन्थ्यो । सरल व्यवहार गर्ने खालको हुनुहुन्थ्यो ।’
साथै उनले सिंह काठमाडौँ महानगरको मेयर भइसकेपछि नेवार भाषालाई चलनचल्तीको भाषा बनाएको बताए । उनले काठमाडौँ महानगरको कोषलाई सबैसँग समन्वय गरेर त्यसको आकार समेत बढाएको बताए ।
उनले भने,‘काठमाडौँ महानगरपालिकाको मेयर भइसकेपछि उनले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौँ महानगरको कोषलाई उहाँले दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरू उहाँले सबै सुरु गर्नुभएको हो ।’
उनले काठमाडौँको रीतिथिति, संस्कृति र मन्दिर सबैलाई महानगरबाट सहयोग हुने नीतिगत व्यवस्था समेत पीएल सिंहले गरेको बताए ।































प्रतिक्रिया