काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमालेबाट भीम रावललाई निष्कासित गर्ने कार्य केपी शर्मा ओलीको निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् ।
शनिबार नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्दतीमा हिंड्ने स्वाभिमानी नेता–कार्यकर्ता उनका दूष्मन हुने विषय नौलो नभएको बताउँदै भुसालले भने,‘भीम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकाले ओलीले राजनीतिक प्रतिशोध साँधे ।’
भुसालले नेता रावललाई आफ्नो पार्टीमा स–सम्मान स्वागत गर्न तयार रहेको पनि बताए ।





























प्रतिक्रिया