नेपाली कांग्रेस विधि र नीतिमा अडिग छः डा महत

नेपाली कांग्रेस विधि र नीतिमा अडिग छः डा महत

केन्द्रबिन्दु
15
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विधि र नीतिमा नेपाली कांग्रेस अडिग रहेको बताएका छन् । नुवाकोटको पञ्चकन्या–४ घ्याङस्वारामा शनिबार नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली कांग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छबि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।

नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक् स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको प्रवक्ता डा महतको दाबी थियो ।

प्रशिक्षणमा प्रतिनिधिसभा सदस्य सीता मिजार, कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, नेता डा केदारनरसिंह केसी, कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली, रसुवा सभापति प्रभात तामाङ, तरुण दल १ नंं क्षेत्रिय अध्यक्ष शरण घलेलगायतले पार्टीमा युवाको सहभागिताका लागि भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताए ।

पार्टीमा कार्यकर्ता उत्पादनको लागि नर्सरीको रूपमा रहेका नेपाल विद्यार्थी सङ्घ र तरुण दललगायतमा धेरैभन्दा धेरै सदस्य आबद्ध गराउन जोड दिनुपर्ने उनीहरूको धारणा थियो ।

Logo