सरकारविरूद्ध आम जनता पार्टीको खबरदारी

सरकारविरूद्ध आम जनता पार्टीको खबरदारी

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारका विरूद्ध खबरदारी र्याली निकालेको छ ।

आइतबार प्रज्ञा भवन अगाडि आजपाले पार्टीको दोस्रो स्थापना दिवसको अवसर पारेर सरकारविरूद्ध प्रदर्शन गरेको हो । आजपासँगै कबाड व्यवसायी समाज नेपालले पनि विरोध प्रदर्शन गरेको हो ।

सरकारले मनोमानी कर लिइरहेको तथा काठमाडौँ महानगरपालिकाले कबाड व्यवसायीमाथि ज्यादती गरेको विरोधमा संयुक्त प्रदर्शन गरेको हो । प्रज्ञा भवनबाट निस्कको विरोध र्याली रत्नपार्क, प्रदर्शनीमार्ग हुँदै पुनः प्रज्ञा भवन पुगेर सम्पन्न भएको छ ।

Logo