काठमाडौं । विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ ग्रहण गरेका छन् ।
बुधबार राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बीच राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पोर्चुगलका लागि राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि राजदूत सेवा लम्साल, मलेसियाका लागि राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि राजदूत सुम्निमा तुलाधरले पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
































प्रतिक्रिया