नेकपा एस र वामदेवबीच पार्टी एकता हुँदै

नेकपा एस र वामदेवबीच पार्टी एकता हुँदै

केन्द्रबिन्दु
81
Shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीचको वार्ता सकारात्मक भएको छ ।

मंगलबार आलोकनगरमा शीर्ष नेतासँग भएको छलफलपछि भएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गौतमले वार्ता धेरै सकारात्मक रहेको भन्दै चाँडै पार्टी एकता हुने जानकारी दिए ।

उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ । समझदारी विकास गर्ने सहमति भएको छ । अब छिट्टै पार्टी एकता हुनेछ । धेरै समय कुर्नुपर्दैन अब ।’ गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ ।

Logo