पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले

केन्द्रबिन्दु
234
Shares

काठमाडौँ । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेका छन् । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्‍याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उनले बताएका छन् । उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे । काठमाडौँ ६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनाल विजयी हुँदा तेस्रो भएका थिए । त्यसपछि तनहुँमा भएको उपनिर्वाचनमा पनि उम्मेदवार बनेका उनी रास्वपाका स्वर्णिम वाग्ले विजयी हुँदा तेस्रो भएका थिए ।

Logo