काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्वराजावादीसँग उठबस रहेको आरोप लगाएका छन् ।
आजदेखि च्यासलमा सुरु भएको एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले सरकारबाट बाहिरिएपछि प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूसँग बाक्लो उठबस गरिरहेको बताएका हुन् ।
साथै माओवादीले ‘कोशी’विरुद्ध उग्र जातीय समूहहरूसँग मोर्चाबन्दी गरिरहको पनि उनको आरोप छ ।
‘आज माओवादी केन्द्र आफ्नै प्रदेशसभा सदस्यहरूको सहभागितामा नामाकरण गरिएको ‘कोशी’विरुद्ध उग्र जातीयतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ’, ओलीको प्रतिवेदनमा उल्लेख छ, ‘ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुयाउन उद्दत देखिएको छ । पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ ।’





























प्रतिक्रिया