पोखरामा गगन थापाले भेट्न मानेनन् सहकारी पीडितलाई, भयो झडप

पोखरामा गगन थापाले भेट्न मानेनन् सहकारी पीडितलाई, भयो झडप

केन्द्रबिन्दु
393
Shares

पोखरा । दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन् ।

कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज(आइतबार)दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन् ।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फर्किएका हुन् । सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको स्थानीयबासीले जानकारी दिएका छन् ।

यता, रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरुसँग नेपाली कांग्रेस कास्कीको अगाडी सहकारी पीडितहरुको केहीबेर हात हालाहाल भएको थियो ।

Logo