दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ८ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ ।

समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

Logo