काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच भनाभन भएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए। उनले अमर्यादित ढंगले ‘नौटंकी’ गर्ने भन्दै सुवाललाई हप्काएका थिए।
तर, सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने भनेपछि दुवैबीच चर्काचर्की परेको थियो।































प्रतिक्रिया