भ्रष्टाचार सम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छः डा डिला संग्रौला

भ्रष्टाचार सम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छः डा डिला संग्रौला

केन्द्रबिन्दु
24
Shares

बर्दिया । नेपाली कांग्रेसकी नेत्री डा डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नुपरेको बताएकी छिन् ।

नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा संग्रौलाले सहकार्य एमालेसँग भए पनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पारिन् ।

उनले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उनले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानबिन हुनुपर्छ । सुशासनको जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनीकरण मुल एजेन्डा बनाइनुपर्छ ।’

उनले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरूले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशील सदस्यस्ताको टुंगो चाँडो लगाउनुपर्ने बताइन् । नेताहरू एनपी साउँद, अब्दुल सतार र गोविन्दबहादुर शाहसहित लुम्बिनी प्रदेश भ्रमणमा पुगेकी डा संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।

Logo