पृथ्वीनारायण शाह र हिलिहाङबीचको सम्झौतामा ‘दाजुभाइ’को सम्बन्ध

पृथ्वीनारायण शाह र हिलिहाङबीचको सम्झौतामा ‘दाजुभाइ’को सम्बन्ध

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । इतिहासको खोज तथा अन्वेषणमा रुची राख्ने हर्कबहादुर योङहाङ आफूलाई मुन्दुमविद् भन्न रुचाउँछन् । पाँचथरको हिलिहाङ गाउँपालिकामा अवस्थित हिलिहाङ दरबारको संरक्षणमा सक्रिय उनी लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको ऐतिहासिक पक्ष र राज्य सञ्चालन गरेको दरवारको संरक्षणमा सक्रिय छन् ।

हिलिहाङ फाउण्डेसन नामक संस्था नै स्थापना गरेर उनी संरक्षणमा जुटेका छन् । उनले राजा हिलिहाङ तत्कालीन लिम्बूवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक)गढीका राजा भएको बताए ।

गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध लडेको तर हारजित नभएको इतिहास रहेको सुनाउँछन् । वास्तवमा हिलिहाङ र पृथ्वीनारयण शाहबीचको सम्बन्ध, ऐतिहासिक पक्ष, दरबारको संरक्षण अभियानलगायतका विषयमा योङहाङसँगको संवाद यस्तो छ ।

पूर्वी नेपाल किरात वा लिम्बू सभ्यताको पवित्र भूमि मानिन्छ । वास्तवमा लिम्बू वा किरातहरूको ऐतिहासिक पक्ष के हो ?
हामीले सभ्यता र इतिहाससँग मात्रै जोडेर समाज, राष्ट्र, मुलुक र राज्यका कुराहरू गर्न सक्छौँ । राष्ट्र के हो, मुलुक के हो अथवा देश के हो वा राज्य के हो भनेर भावी पुस्तालाई सुनाउन र बुझाउन आवश्यक छ । नेपाल नाम रहनु अगाडिको धेरै लामो इतिहास छ । रैथाने परम्परादेखि चलिआएको किरात सभ्यता र इतिहासलाई हामीले बिर्सनुहुँदैन । किरात इतिहास र सभ्यता १६६३ देखिको हो । कतिपय अवस्थामा हाम्रो इतिहासलाई खण्डीकरण गरिएको छ ।

हिमालयको वरिपरि त्यतिबेला किरात सभ्यता बोकेको इतिहास थियो । नक्सा त्यही किसिमको थियो । अहिले नक्सा खुम्चिएको हो । भारतका कतिपय भाग किरात राज्य थियो ।

त्यसैले इतिहासको वास्तविक पक्षलाई भावी सन्ततीलाई बुझाउन प्रमाण मात्र भएर हुँदैन, सत्य मात्र भनेर हुँदैन । तथ्यलाई प्रमाणित गरेर जानुपर्छ । फिल्ड र फाइललाई ट्रयाक बनाएर लैजान सकेमात्र इतिहासलाई छर्लङ्ग बनाउन सक्छौँ । किरात सभ्यता र इतिहासलाई हेर्ने हो भने सबै वंशहरू किरात नै थिए भनेर पनि भन्न सक्छौँ । जसमा गोपाल वंशहरू पनि किरात नै थिए । तर यिनीहरूलाई नेवार जातिको ज्यापू पनि भन्ने गरिन्छ । संसारका इतिहासका विज्ञहरूले पनि यसलाई यसरी नै व्याख्या गरेका छन् ।

किरात शासनकालको अन्त्यतिर एक प्रकारको समूह आएको देखिन्छ । इतिहासमा तर्कवितर्क गरिए पनि सत्य यही नै हो । किरातकालपछिको लिच्छवीहरू पनि किरात नै थिए । मल्लहरू पनि पनि किराती नै थिए भनिन्छ । यसैगरी शाह र राणाहरू भने मुस्लिम हुन् भनिएको छ । तर खासगरी शाहहरू मगर हुन् । राणाहरू पनि ठकुरी हुन् भन्ने चलन छ ।

राणा र शाह वंशहरूको सम्बन्ध किरातहरूसँग कसरी जोडिन पुग्यो ?
सुरुमा सबै किरात नै हुन् । नेवारहरूले पछिल्लो समय बुद्धिज्मलाई बढी फोकस गरेको देखिन्छ । तर नेवारभित्र पनि सबै जातिहरू किरात अन्तर्गत नै पर्छन् । किरात शासनको अन्त्यतिर समूह आए र भित्र छिरेर खण्डीकरण गराएर राज्य सञ्चालन गरेको देखिन्छ । किरात सभ्यता र इतिहास लिच्छवीकालको सभ्यताको इतिहास निकै गर्विलो छ । अहिले राजदरबारको अन्त्य भएपछि मात्रै इतिहासहरू खोजिँदै छ ।

राजा हिलिहाङ र पृथ्वीनारायण शाहबीच के कारण सम्बन्ध जोडियो ?
राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बूवानका १८ औँ पुस्ताका राजा हुन् । उनले विसं १८१४–१८४४ सम्म शासन गरेको भेटिन्छ । उनी पृथ्वीनारायण शाहका समकालीन राजा हुन् । यी दुवै राजाले १८ सय ३१ साउन २२ गते सम्झौता गरेपछि वर्तमान नेपालको नक्सा कोरिन सफल भएको हो ।

पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्रको छुट्टै राज्य लिम्बूवानमा प्रवेश गर्दा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध भए पनि दुवैतर्फबाट हारजित नभएपछि लिम्बूवानलाई स्वतः अधिकार दिने गरी गोरखा–लिम्बूवानबीच सम्झौता भएको हामीले इतिहासमा पढेका छौँ ।

त्यतिबेला हिलिहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक)मा शासन सञ्चालन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बूवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, हस्तपुर (याङ्वरक) यकमा तैनाथ सैनिक (तिलिंगा)हरूलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आफैँले स्वाधिकार प्रयोग गर्न पाउने र सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने सहमति भएको पनि हामीले इतिहासमै पढेका हौँ ।

मैले लामो अध्ययन अनुसन्धान गरेपछि नेपाल सरकारसँग मुद्दा लडेर पनि काम गरेको छु । पछिल्लो समय नेपाल सरकारले पनि सम्बोधन गरेपछि सबै जाति, धर्म, लिंङ्गभन्दा माथि रहेर हिलिहाङ फाउण्डेसन संस्था दर्ता गरेका हौँ । फाउण्डेसनको टिमले विभिन्न पहलकदमीहरू गरेपछि सरकारले अहिले करौडौँको लगानीमा दरबारको संरचनाहरु संरक्षण गरिरहेको छ । सबै जातिपाति, धर्म, लिंङ्ग समुदायको आ–आफ्नो सभ्यता वा संस्कार र इतिहासहरू खोज्दै विश्वलाई बुझाउँदै जानु र लानुपर्छ भन्ने मान्यता हाम्रो हो । एकले अर्कालाई सम्मान र सम्मानित हुँदै जानु र लानु भनेको देशमा विकास हुनु हो । समृद्धि हुनु हो र निकास निस्किनु हो ।

पृथ्वीनारायण शाहको फौज र हिलिहाङ राजाको फौजहरूबीच सम्बन्ध कस्तो रहेको पाइन्छ ?
भित्रि रूपमा विभिन्न किसिमका राजनीतिक वा रणनीतिहरू योजनाहरूका कारण एक प्रकारको खण्डीकरण भएको देखिन्छ । सानो–सानो राजा रजौटाहरूको जन्म भएको देखिन्छ । तीमध्ये एउटा हिलिहाङ पनि हुन् र तीमध्ये पृथ्वीनारायण शाह पनि हुन् । पछिल्लो समय पृथ्वीनारायणले के गरे, के गरेनन् भनेर हुँदैन । समग्रमा एउटा विशाल नेपालको कन्सेप्ट बनाएर उनले नेपाल एकीकरणको अभियान अगाडि बढाए ।

१८३१ पुसमा पृथ्वीनारायण शाह मारिएको इतिहास पनि पढेका छौँ । तर इतिहास बाङ्गिएको छ । उनलाई विषकन्या प्रयोग गरेर मारिएको हो । तर यो कुरा धेरै इतिहासकारहरूले किन बोल्न चाहेनन् ?

पश्चिमबाट अभियान चलाउँदै गर्दा सबैतिर उनले राजनीतिक, रणनीतिक र कुटनीतिक अस्त्रहरू प्रयोग गरेर र कतै मित लगाएर काम गरेको देखिन्छ । राजनीति र रणनीति अपनाएर विशाल नेपाल निर्माणको एउटा सपना उनको थियो । उनले जुन अभियान सुरु गरे, त्यो अभियान एक प्रकारले सफल पनि भएको देखिन्छ । तत्कालीन हिलिहाङ राजाले पनि सहजीकरण गरेपछि एउटा सभ्य–भव्य सम्झौतामार्फत नेपालको नक्सा कोर्न सफल भएको हामीले पाउँछौँ । साना गाउँपिच्छे, ठाउँपिच्छे साना ठूला राजा रजौटाहरू थिए । एकीकरण गर्ने काममा दुबै राजाले भूमिका खेलेको देखिन्छ ।

नेपाल एकीकरण गर्ने अभियान अगाडि त लिम्बूवानका विभिन्न राजा रजौटाहरूको सिक्किसम्म सम्बन्ध थियो । हिलिहाङको फुपूलाई सिक्किमका राजाले विवाह गरेर लगेका थिए । जसको कारण सिक्किबाट पनि साइनो वा सम्बन्ध हात हतियारहरूसँग पनि थियो । जसका कारणले उता सिक्किमबाट राजारानी आएर बस्ने हिलिहाङ दरबारकै माथिल्लो डाँडामा अहिले पनि भोटेगढी छ । नेपाल एकीकरणको अभियान चलाउँदा पश्चिमबाट त हारेकै हुन् । जब लिम्बूहरूसँग पुगेपछि १७ औँ पटकसम्म युद्ध लड्दा पनि अन्तत दुबैको जितहार नभएपछि एउटा सभ्य र भव्य सम्झौता गरेको र वर्तमान नेपालको नक्सा कोरिन सफल भएको हो ।

अरू व्यक्तिगत अन्तर सम्बन्ध थिएन ?
राजनीतिक, रणनीतिक र कुटनीतिक सम्बन्ध थियो । त्यसबाहेक राजखान्दानको एउटा दौत्य सम्बन्ध थियो । जसका कारणले सिक्किमबाट पनि सहयोग आएको देखिन्छ । लिम्बूहाङ सेना र सिक्किमको संयुक्त र पृथ्वीनारायण शाहका सेनासँग लडाइ भएको पाइन्छ । जुन १७ औँ पटक लड्दा नि हारजित नभएपछि अन्तिममा सम्झौता गरेको देखिन्छ ।

हिलिहाङ दरबार क्षेत्रको संरक्षणको अभियानमा जुटिरहँदा त्यस दरबारलाई राज्यले कस्तो नजर राखेको पाउनुहुन्छ ?
हिलिहाङ फाउन्डेसनको माग दाबी भनेको नै एउटा विशाल नेपालको परिकल्पना गर्ने र त्यसमा हिलिहाङलाई पनि उचित सम्बोधन गरिनुपर्छ भन्ने हो । दुबैलाई पृथ्वीनारायण शाहलाई जसरी राज्यले सम्बोधन गरेको छ त्यसरी नै लिम्बुहाङका अन्तिम राजा हिलिहाङलाई पनि सम्बोधन गरिनुपर्छ भनेर हामीले अडान लिइरहेका छौँ ।

पछिल्लो समयमा राज्यले सम्बोधन गरेर करोडौँका संरचनाहरू हिलिहाङ राजाको स्मृतिमा संरचना बनाइरहेको छ । भर्खरै हिलिहाङको स्मृतिमा विशाल दरबार बनाइसकेका छौँ । पुरातात्विक हिसाबले फोटोजेनिक शालिक गेट अर्थात् प्रवेशद्धार बनाइसकेका छौँ । उनकै नाममा पहाडमा खेल मैदान बनाइसकेका छौँ । जसको कारण पछिल्लो समयमा राज्य सकारात्मक भएको देखिन्छ । उनको जन्मोत्सव पनि मनाउन थालेको आधा दशकजति भइसकेको छ ।

दरबारका लागि योजना र बजेट विनियोजनमा स्थानीय सरकार कत्तिको सकारात्मक छ ?
स्थानीय तहको सहयोगले नै दरबारको संरक्षण सम्भव भएको हो । फाउन्डेसनको माग अनुसार धेरै काम भएको छ । दरबार कुनै पार्टी वा जातिको मात्र होइन । हामी सबैको हो । सबै पार्टीले सहयोग गरेका छन् ।

हिलिहाङ राजाले छुट्टै नक्सा तयार पारेको भन्ने चर्चा छ, त्यो सत्य हो ?
एकदम सत्य हो । अहिले पनि नेपाली सेनाको झण्डा जस्तै लिम्बूहाङले प्रयोग गर्ने गरेको पाइन्छ । सम्झौतापछि डबल बनाएको पाइन्छ । त्यो झण्डाहरू अहिले नेपाली सेनासँग देख्न सकिन्छ । त्यसकारण त्यसबेला लिम्बूहरू बलिया थिए भन्ने प्रमाण हो । एकीकरण गरिसकेपछि ०६२–६३ को जनआन्दोलन भन्दा अगाडिको हरेक पैसामा राजदण्डको लोगो हेर्न सकिन्छ । त्यहाँ राजदण्ड दुबैले सम्झौता गरेपछि एकातिर गोर्खाली, अर्कोतिर लिम्बूहाङ सेनाले राजदण्डलाई सुरक्षा दिएको लोगो पैसामा छ । जनआन्दोलनपछि मात्र लोगो हटाइएको देखिन्छ ।

एकीकरणको परिकल्पना पृथ्वीनारायण शाहले गरे, सबैभन्दा बढी दुःख बहादुर शाहले गरेको देखिन्छ ।

हिमालयको वरिपरि त्यतिबेला किरात सभ्यता बोकेको इतिहास थियो । नक्सा त्यही किसिमको थियो । अहिले नक्सा खुम्चिएको हो । भारतका कतिपय भाग किरात राज्य थियो । त्यसको सन्धि सम्झौताबारे लेखकहरूले पनि लेखिसकेका छन् । पाँचवटा बुँदामा सम्झौता भएको छ । परस्पर दाजुभाइको नाता कायम हुनेगरी सम्झौता भएको छ । अहिले विभिन्न लोकसेवाका किताबहरूमा पनि पढ्न पाइन्छ । त्यो सम्झौता दाजुभाइको नाताको हेर्दा सबै जातीय हिसाबले अलिकति फरकपन देखिएछ भने पनि हामी एउटै हौँ भन्ने सन्देश हो । किनभने पृथ्वीनारायण शाह र हिलिहाङको सम्झौता अनुसार दाजुभाइ हो है भनेर लेखिएको छ । सम्झौताअनुसार छिमेकी मुलुकमा संयुक्त युद्ध लड्ने जस्ता लिखित सम्झौता थिए ।

पृथ्वीनारायण शाहलाई कसरी बुझ्नुहुन्छ ?
पृथ्वीनारायण शाह र हिलिहाङबीच सम्झौता गरिसकेपछि १८३१ पुसमा पृथ्वीनारायण शाह मारिएको इतिहास पनि पढेका छौँ । तर इतिहास बाङ्गिएको छ । उनलाई विषकन्या प्रयोग गरेर मारिएको हो । तर यो कुरा धेरै इतिहासकारहरूले किन बोल्न चाहेनन् मलाई थाहा छैन । तर उनलाई विषकन्या प्रयोग गरेर मारिएको हो । त्यसमा हामीले आफ्नो ढंगले खोज अनुसन्धान गर्न सकिन्छ ।

उनको हत्यापछि धेरै कुराहरू आउन थाले । राजेन्द्र लक्ष्मीदेवी शाह र बहादुर शाहको द्वन्द्व सुरु भयो । त्यसले गर्दा उक्त सम्झौता छायाँमा पर्न पुग्यो । नेपाल एकीकरणको अभियान जे जस्तो एउटा परिकल्पना पृथ्वीनारायण शाहले गरे तर यसलाई ठोस रूपमा पूरा गर्ने काम काममा बहादुर शाहको ठूलो भूमिका छ । तर इतिहासमा बहादुर शाहलाई छायाँमा पारिएको छ । बहादुर शाहको खासै चर्चा हुने गरेको देखिँदैन । एकीकरणको परिकल्पना पृथ्वीनारायण शाहले गरे, सबैभन्दा बढी दुःख बहादुर शाहले गरेको देखिन्छ ।

हिलिहाङ दरबारको संरक्षण गर्न अब के के गर्न बाँकी छ ?
दरबार त राज्यको सम्पति हो । त्यो राज्यको सम्पतिलाई राज्यले नै संरक्षण र प्रवर्द्धन ऐतिहासिक हिसाबले गर्नुपर्छ । हामीले त खोतल्ने र बाहिर निकाल्ने काम मात्र गरेका हौँ । अहिले धेरै कामहरू भएका छन् । पुरातत्व विभागले त २०७०–७१ सालमै दरबारको उत्खनन् गरेको हो । अब दरबारलाई पुरातात्विक हिसावले संवर्धन गरेर पूर्वी नेपालकै एउटा विशाल पर्यटकीय स्थल बनाउनुपर्ने आवश्यकता छ ।

Skip This
Skip This
Logo