सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तराष्ट्रिय स्तरको भूकम्पसम्बन्धि संग्राहलय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो संग्राहलय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको पनि स्पष्ट पारेका छन् । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधि भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नशांकन कार्य अघि बढाइएको पनि बताए । उनले २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहो¥याए । त्यस अवसरमा प्राधिकरणले हालसम्म १ खरव ६८ अरव रुपैयाँ पुनर्निर्माणमा खर्च गएको पनि समितिलाई जानकारी गराएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खरव ६२ अरव रहेकोमा पुनर्निर्माणमा १ खरव ६८ अरव खर्च भएको बताए । उनले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउने गरी स्थानीय तहलाई त्यसको जिम्मेवारी दिने व्यवस्था गरिएको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्यहरुले पुनर्निर्माणको कामलाई छिटो, छरितो बनाउन प्राधिकरणलाई सचेत गराएका थिए ।





























प्रतिक्रिया