‘नेकपा फुटेको होइन, केही मान्छे निचोरिएर गएका हुन्’ : प्रधानमन्त्री

‘नेकपा फुटेको होइन, केही मान्छे निचोरिएर गएका हुन्’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

भरतपुर ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी विभाजन नभएको भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने बताएका छन् ।

चितवनमा आफू पक्षीय नेकपाको जनसभालाई भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पार्टी फुटेको नभई केही मान्छे बाहिर गएको मात्र भएको भन्दै पार्टी एकढिक्का र एकजुट नै रहेका दावी गरे ।

नेकपाको सबै धारको नेतृत्वकर्ता आफू नै रहको बताउँदै प्रधानमन्त्री ओलीले केही मान्छे निचोरिएर गएकाले मुलधार आफू नै रहेको दावी गरे । उनले तोकिएकै समयमा वैशाख १७ र २७ गते निर्वाचन हुने पनि दावी गरे ।

Logo