संसदीय ईतिहासमै पहिलो घटना, जेल बसेकालाई सांसदको मान्यता (भिडियोसहित)

संसदीय ईतिहासमै पहिलो घटना, जेल बसेकालाई सांसदको मान्यता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विगत १ वर्षदेखि राष्ट्रिय जनता पार्टी (राजपा) ले जोडदार रुपमा उठाउँदैं आएको एक माग पुरा भएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजपाको एक माग पुरा गरेको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीपछि कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित रेशम चौधरीलाई शपथ ग्रहण गराईएको हो ।

टिकापुर घटनामा अभियुक्त मान्दै पुर्पक्षको लागि कारागारमा रहेका चौधरीलाई विहिबार सिंहदरबारस्थित संसद सचिवालयमा प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले सांसद पदको सपथ खुवाएका हुन् ।

सांसद चौधरीले थारु भाषामा सपथ लिएका थिए । सपथ ग्रहणपछि महासचिव मनोहरप्रसाद भट्टराईले सांसद चौधरीलाई सांसद पदको लोगो दिएका थिए । सपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरु पनि उपस्थित थिए ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा ७ जना प्रहरी सहित ८ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न आरोपमा मुद्धा खेपिरहेका चौधरी सपथ लिन डिल्लिबजार कारागारबाट संसद सचिवालय पुगेका थिए । उनलाई उच्चसुरक्षा सर्तकता साथ संसद सचिवालय ल्याईएको थियो ।

कारागारमा बसेकालाई पदिय हैसियतमा सांसदको सपथग्रहण गराउँदै लोगो दिईएको यो घटना नेपालकै संसदीय इतिहासमा पहिलो घटना हो ।

Logo