‘गणतन्त्रका मत्ता साँढेहरुले गर्दा गणतन्त्रलाई नै दुर्गन्धित बनाए’ : कांग्रेस नेता गुरुङ

‘गणतन्त्रका मत्ता साँढेहरुले गर्दा गणतन्त्रलाई नै दुर्गन्धित बनाए’ : कांग्रेस नेता गुरुङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङले जनताको बलिदानले ल्याएको गणतन्त्रलाई केही व्यक्तिले राज्य सत्ताको दुरुपयोग गरिरहेको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् ।’ उनले भनेका छन्, ‘गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन।’

Logo