काठमाडौं । माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएतापनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शहीद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न नसकेको बताए ।
उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएको छ । राजनीतिक संघीयता देशमा प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न सकिरहेका छैनौं । त्यसका लागि आवश्यक नियम कानून पनि बन्न सकिरहेको छैन् । निजामति ऐन अझै पनि छलफलको अवस्थामा छ, प्रहरी समायोजन ऐन अझै पनि सदनबाट पारित गर्न सकि रहेका छैनौं । यस्तै शिक्षा ऐन पनि समितिमा विचाराधिन अवस्थामा छ । संघीय प्रणालीलाई व्यवस्थित र सबल बनाउनको लागि आवश्यक कानून निर्माण गर्न जरुरी छ ।’
यसका साथै, उनले पछिल्लो राजनीतिक परिवर्तनपछि रुखबाट लडेका, नदीले बगाएकाहरु पनि सहिदको नाममा गणना भएको बताए ।





























प्रतिक्रिया