काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सहिदहरुको कारण नै वर्तमान व्यवस्था प्राप्त भएको भन्दै सहिदहरुलाई सधैं स्मरणमा राख्नुपर्ने बताएका छन् ।
सहिद दिवस २०८१ समारोह कार्यक्रममा उनले नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागि आफ्नो अमुल्य जीवन आहूति दिने महान शहीदहरुप्रती श्रद्धान्जली अर्पण समेत गरे ।
उनले भने, ‘नेपालमा नागरिकको स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाको लागी आफ्नो अमुल्य जीवन आहुति दिने महान सहिदहरुप्रति श्रद्धान्जली अपर्ण गर्न चाहन्छु । लोकतन्त्र र प्रजातन्त्रको लागी आफ्नो जीवनको आहूति दिएका शहीदहरु प्रति बागमती सरकार भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । सहिदहरुको कारण नै लोकतन्त्रदेखि सबै प्राप्त भएको हो । स्वतन्त्र प्राप्तिको लागि सहिदहरुको देनलाई स्मरण गर्ने दिन पनि हो । सम्पूर्ण नेपालीहरुले आज शहीदहरुप्रति लोकतन्त्र प्राप्तिको लागि उहाँहरुको स्मरण गर्नै पर्छ भन्ने मान्यता हो ।’
त्यस्तै, उनले हेटौंडामा रहेको सहिद स्मारकलाई पर्यटकिय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘यो स्मारक पनि महत्वपूर्ण छ र यसले सहिदहरुप्रति पनि सम्मान भएको छ । सहिदहरुको स्मारकको रुपमा मात्र नभई यो पर्यटक स्थल बनाउनको लागी स्थापना भएको छ । यो स्मारकलाई पर्यटकीय स्थलको रुपमा व्यवस्थापन गर्नुपर्छ ।’































प्रतिक्रिया