आजबाट संघीय संसदको हिउँदे अधिवेशन चल्ने कस्तो होला त सत्तापक्ष र प्रतिपक्षबीचको कटाक्ष ?

आजबाट संघीय संसदको हिउँदे अधिवेशन चल्ने कस्तो होला त सत्तापक्ष र प्रतिपक्षबीचको कटाक्ष ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । साढे ४ महिनापछि संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरू हँदैछ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।

संसद नचलेको बेला सरकारले ल्याएका अध्यादेश तथा विभिन्न राजनीतिक घटनाक्रमहरूका कारण आजबाट सुरू हुने बैठकलाई विशेष चासोका साथ हेरिएको छ । बर्खे अधिवेशन सकिएको साढे ४ महिनपछि हिउँदे अधिवेशन आजदेखि सुरू हुन लागेको हो । यसअघि संसदको बर्खे अधिवेशन गत भदौ अन्तिममा अन्त्य भएको थियो ।

यसबीचमा सरकारले विभिन्न कानुनहरूलाई संशोधन गर्नका लागि अध्यादेश जारी गरेको थियो । ती अध्यादेशहरू प्रतिनिधि सभाको पहिलो बैठकमा पेस गर्नुपर्ने संसदीय परम्परा छ ।

आज बस्ने संसदमा सरकारका कामकारवाही र विशेषतः अध्यादेशको बारेमा सत्तापक्ष र प्रतिपक्षबीच गरमागरम बहस हुने अनुमान गरिएको छ । यसैबीच सत्तापक्ष दलहरूले अध्यादेशको पक्षमा एकढिक्का हुन सांसदहरूलाई निर्देशन दिएको छ भने विपक्षी दलहरूले यसको विरोध जनाउने निर्णय गरेको छ ।

आजको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकका लागि तय भएका कार्यसूची यस्ता छन् :

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सुरूमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोर पढेर सुनाउने । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।

त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने ।
सभामुख घिमिरेले नै प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने ।
बैठकमा दलीय आधारमा शीर्ष नेताहरुले सम्बोधन गर्ने । त्यसपछि अध्यादेशहरू पेस हुने र सभामुखले शोक प्रस्ताप प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभा बैठकमा पनि सुरूमा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने ।अध्यक्षले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोर जानकारी गराउने ।

त्यसपछि अध्यक्षले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने र कार्यसूचीमा प्रदेश गर्ने ।
राष्ट्रिय सभा बैठकमा पनि अध्यादेशहरू पेस हुने ।

Logo