हामीसँग महान पुर्खाको जेनेटिक मेमोरी छ, किन पछि पर्ने ? -प्रधानमन्त्री ओली

हामीसँग महान पुर्खाको जेनेटिक मेमोरी छ, किन पछि पर्ने ? -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग र विकासबाट नेपाल अब अरु मुलुकभन्दा अगाडि जानसक्ने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेश टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरु टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज ९र१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । हामीले आत्मविश्वास मात्रै राख्नुपर्दछ ।’

जुनसुकै काम गर्दा पनि आफूले ठिक गरिरहेको छु वा छैन भन्नेकुरा ध्यान दिनुपर्नेमा उनको सुझाव छ ।

यसैगरी प्रधानमन्त्री ओलीले वर्तमान सरकार आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको पनि बताए ।

‘मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ ।’ उनले भने ।

Logo