नेताहरुको कार्य विभाजन गर्न खुमलटारमा माओवादी बैठक बस्दै

नेताहरुको कार्य विभाजन गर्न खुमलटारमा माओवादी बैठक बस्दै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । आफ्ना नेताहरुको कार्य विभाजन गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास खुमलटारमा बैठक जारी छ ।

आजको बैठकमा नेताहरूको कार्य विभाजन तथा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको छ ।गएको पुस तेस्रो साता बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरे पनि अझै टुङ्गिएको छैन ।

नेतृ पम्फा भुषालले बैठकमा केन्द्रीय नेताहरूको कार्य विभाजनको प्रस्ताव गर्दै छिन् ।

Logo