काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधी सभाको यस बर्षको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दै छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । हिउँद अधिवेशनको पहिलो बैठकमा आफू नबोली प्रचण्डले प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए । केही नबोलेका प्रचण्डको बारेमा आमचासो बढेको थियो ।
अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
संसदमा विचाराधीण अवस्थामा रहेका विधेकलाई नै अध्यादेशको रुपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरु एकजुट भएर चर्को विरोध गर्दै आएका छन् ।





























प्रतिक्रिया