अध्यादेशबारे निर्णय गर्दै जसपा नेपाल

अध्यादेशबारे निर्णय गर्दै जसपा नेपाल

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यादेश सुझाव कार्यदल समितिले आज पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँदै छ । कार्यदलको प्रतिवेदन प्राप्त भएपछि आजै जसपाको संसदीय दलको बैठक बसेर सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर निर्णय गर्दै छ ।
सुझाव कार्यदल संयोजक राजकिशोर यादवले आज बिहान नौ बजे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएपछि ११ बजे संसदीय दलको बैठक बसे अध्यादेशबारे निर्णय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।

सरकारले ल्याएका ६ वटा अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले मुख खोलेको छैन । यसबारे निर्णय गर्नुअघि उसले विज्ञहरुसँग छलफल समेत गरेको थियो ।

अध्यादेशलाई संघीय संसदका दुवै सदनले पास नगरे निष्कृय हुने भएकाले सत्ता पक्षले राष्ट्रिय सभामा निर्णायक देखिएको जसपा नेपालको साथ खोजेको छ । अध्यादेशको विपक्षमा रहेका दलहरुले पनि जसपा नेपालका अध्यक्ष यादवसँग छुट्टै छलफल गरेका थिए । ।

Logo