काठमाडौं । जापानका विदेश मन्त्री तारो कोनो २ दिने भ्रमणमा लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनोले पुस २५-२६ गते नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री ज्ञवालीसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ ।
भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ। यसअघि मन्त्री ज्ञवालीले मंसिर १-५ सम्म जापान भ्रमण गरेका थिए । जापानले विदेश कामदारको नीति परिवर्तन गर्दै नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने निर्णय गरेको थियो।































प्रतिक्रिया