चितवन अदालतमा रविको थुनछेक बहस सुरु

चितवन अदालतमा रविको थुनछेक बहस सुरु

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक नसकिएपछि आजका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । अहिले बाँकी रहेका सरकारी वकिल र पीडिततर्फका वकिलहरूले बहस गर्नेछन् । त्यसपछि रवि पक्षका वकिलहरूले बहस गर्नेछन् ।

बुधबार बहस नसकिएपछी लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

Skip This
Skip This
Logo