काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक जारी रहेको कांग्रेसले जनाएको छ। बैठकमा सरकारले ल्याएको अध्यादेशलगायत विविध विषयमा छलफल हुने जनाइएको छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश संसदमा प्रस्तुत भइसकेका छन्। संसद बैठक दिउँसो १ बजे बस्दैछ ।
यसअघि माघ १८ गते कांग्रेस संसदीय दलको बैठक बसेको थियो। सो दिनको बैठकमा सांसदहरूको बोल्ने क्रम मात्रै सकिएको थियो। अन्य सदस्यहरूको बोल्ने क्रम नसकिएपछि बैठक आज बस्नेगरी स्थगित भएको थियो ।
आजको बैठकमा मन्त्रीहरू,पदाधिकारीहरू र नेताहरूले आआफ्नो भनाइ राख्ने कार्यक्रम छ ।





























प्रतिक्रिया