रविको थुनछेक बहस : रवि पक्षका वकिलको वहस सुरु

रविको थुनछेक बहस : रवि पक्षका वकिलको वहस सुरु

केन्द्रबिन्दु
12
Shares

चितवन । सहकारीको रकम अपचलन भएको विषयमा रवि लामिछाने विरुद्ध जिल्ला अदालत चितवनमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलहरुको बहस सकिएको छ ।


यतिबेला रवि लामिछाने तर्फका अधिवक्ताहरूको बहस सुरु भएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको बहस सुरु भएको हो । यसअघि सरकारी तर्फबाट जिल्ला न्यायाधीवक्ताहरु बारा जिल्लाका शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधीवक्ता भोलानाथ निरौला र धादिङका न्यायाधीवक्ता दशरथ पंगेनी ले बहस गरेका थिए ।

त्यसैगरी जाहेरवाला सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रामचन्द्र गौतम, सुनिता अधिकारीले बहस गरिसकेका छन् ।

लामिछानेका तर्फबाट बहसको लागि तीन जना वरिष्ठ अधिवक्ता पन्त सहित १० जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, जगन्नाथ पौडेल अधिवक्ताहरू डा। नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दीपकराज तिमिल्सिना रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

Skip This
Skip This
Logo