आज राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेश नहुने, अंकगणितीयको खेलले रोक्यो

आज राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेश नहुने, अंकगणितीयको खेलले रोक्यो

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सँगको कुरा नटुंगिएपछि सरकारले आज राष्ट्रिय सभामा निर्णयार्थ पेश गर्ने भनिएको अध्यादेश आज पेश नहुने भएको छ ।

जारी राष्ट्रियसभा बैठकको कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने सुचिमा राखिएको छैन । अंकगणितीय हिसावले अध्यादेश पास हुन कम्तिमा बहुमत चाहिन्छ । प्रतिनिधि सभामा बहुमत भए पनि सरकारसँग राष्ट्रियसभामा बहुमत छैन।


बहुमत जुटाउनको लागि प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवसंग पटक पटक कुरा गरेको भए पनि सहमति जुट्न सकेको छैन। यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

जसमा प्रतिनिधिसभातर्फ कांग्रेस–एमालेको स्पष्ट बहुमत भएपनि राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ ।

Skip This
Skip This
Logo