सामाजिक सञ्जाल विधेयकबारे युवाहरूसँग छलफल गर्न सुमना श्रेष्ठको सुझाव

सामाजिक सञ्जाल विधेयकबारे युवाहरूसँग छलफल गर्न सुमना श्रेष्ठको सुझाव

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् । उनले भनिन‍्, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो ? त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिन्टी कसरी बनाइन्छ ? यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ ।’

साथै, उनले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने पनि बताइन् ।

Logo