राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस

राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जिव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताए ।

न्याय सम्पादनमा सहयोग पुर्‍याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उहाँको भनाइ छ । मन्त्री भट्टराईले प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण, डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताए ।

“वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्याउन तथा विधि विज्ञान सम्बन्धमा अध्ययन, अनुुन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले सभासमक्ष यो विधेयक पेस गर्दछु”, उनले भने ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने छ ।

Skip This
Skip This
Logo