जसपा संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

जसपा संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दैछ ।

बैठक संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा अध्यादेशबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल हुने नेताहरुले जनाएका छन् ।

जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।

विज्ञसँगको छलफलको आधारमा कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाइसकेको छ ।

उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो ।

Logo