काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले आफैंले नगरेको अपराधको सजायका रुपमा जलवायु परिवर्तनको समस्या भोगिरहेको बताए
आइतबार काठमाडौंमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्यक्ष असर नेपालको प्राकृतिक सम्पदामा परेको बताए ।
उनले भने,‘नेपालले आफैंले नगरेको अपराधको सजाय अहिले भोगिरहेको अवस्था छ । विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्याधिक मात्रामा गरेको कार्बनको उत्सर्जनको प्रत्येक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको छ । बढ्दो कार्बन उत्सर्जनको कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रुपमा प्रभावित बनाएको छ ।’
सभामुख घिमिरेले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य रहेको बताए । उनले भने,‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य छ । विशेषगरी जीवनयापन संकट भोगिरहेका समुदायलाई सहयोग पुर्याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनावद्ध प्रयास गर्न आवश्यक छ ।’
सभामुख घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु संसदमार्फत अगाडि बढिरहेको समते जानकारी दिए । ।































प्रतिक्रिया