काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्ने नेकपा एमालेनिकट अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिएकोमा प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खनालले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत पनि गरेनछ ।’ आफ्नो कमाण्डमा रहेका प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बसेका हुन् भन्दै उनले जवाफ पनि मागेका छन् ।]
गत बिहीबार अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको थियो । यो घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई भने ‘उन्मुक्ति’ दिइएको छ । उच्च तहबाट दबाब आएपछि प्रहरीले जोशीविरुद्ध पक्राउ पुर्जीका लागि प्रशासनसँग अनुमति समेत नमागेको स्रोतको भनाई छ ।
अस्कल क्याम्पसमा यसअघि सभापतिमा चुनाव लडेका जोशी विवादित पृष्ठभूमिका व्यक्ति हुन् । उनीविरुद्ध प्रहरी वृत्त सोह्रखुट्टेमा दुईवटा मुद्दा विचाराधीन रहेको भेटिएको छ ।





























प्रतिक्रिया