प्रतिपक्षी दलको अवरोधले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिपक्षी दलको अवरोधले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सत्ता पक्षलाई बोल्न दिएको भन्दै प्रतिपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए, त्यसपछि सभामुख देवराज घिमिरेले पटकपटक आसन ग्रहणको आग्रह गरे । तर नमानेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

शून्य समय सकिएर विशेष समय सुरु हुँदै गर्दा उपसभामुख इन्दिरा रानामगरले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको विषयमा कुन गृहमन्त्री हुँदा एक नंबरको लाई हटाएर १५ नंबरको व्यक्तिलाई प्रमोशन गरियो देखेका छौं भन्दै गर्दा रास्वपा सांसद सांसद गणेश पराजुलीले कुन निमावलीमा बोल्न दिइयो भन्दै प्रश्न गरेपछि बैठक अवरुद्ध भएको हो ।

पराजुलीले सरकारले दुई तिहाईको धाक लगाउँदै संसदलाई पेल्न खोजेको आरोप पनि लगाए। साथै उनले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गरेका थिए ।

Logo