स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान गर्न सांसद गिरीको आग्रह

स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान गर्न सांसद गिरीको आग्रह

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गरेका हुन् । सांसद गिरीले भने, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ ।”

सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठी पीडितहरु आन्दोलनरत छन् । मोही किसानहरुलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

“स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै सङ्घसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छभने त्यसको पनि राज्यले खोजतलास गरोस्”, सांसद गिरीले भने ।

Logo