नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य भिमबहादुर माओवादी केन्द्रमा प्रवेश

नयाँ शक्तिका केन्द्रीय कार्यसमिति सदस्य भिमबहादुर माओवादी केन्द्रमा प्रवेश

केन्द्रबिन्दु
93
Shares

काठमाडौं। डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतका भिमबहादुर मल्ल माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई खादा र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै उनले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफू माओवादी पार्टीमा प्रवेश गरेको उनले बताए ।

साथै देश र जनतालाई माया गर्ने वास्तविक पार्टी माओवादी केन्द्र भएकोले अब आफू पुरानै घर फर्किएको बताउँदै उनले माओवादी केन्द्रमा रहेर देश र जनताको पक्षमा काम गर्ने पनि प्रतिबद्धता जनाए ।

Logo