काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ । गत माघ २४ मा ठमेलको छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका माथि जोशी र उनको समुहले निर्घात कुटपिट गरेका सिसिटिभी फुटेज सार्वजनीक भएको थियो ।
सो घटनामा संल्गन रहेका डडेल्धुराका रमेश फुलारा र ताप्लेजुङका दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए ।





























प्रतिक्रिया