सात महिना वित्यो, मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे

सात महिना वित्यो, मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकारले सात महिना बित्दा पनि केही काम गर्न नसकेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा कुनैपनि विपत्ति नभएपनि दुई ठूला दल मिलेको भन्दै ठूला दल मिल्दा पनि देशमा केही परिवर्तन नभएको बताए ।

उनले भने, ‘व्यवस्थाको हिसाबले सबैभन्दा उत्कृष्ट संविधान हामीले निर्माण गर्यौं । तर पनि समाधान निस्किएन । एमालेका अध्यक्ष र काङ्ग्रेसका सभापति मिलेका छन् । वास्तवमा कुनैपनि देशमा ठूलो विपत्ति, राष्ट्रिय संकट, विदेशी हमला भएको र साच्चिकै आपत्ति भएको बेला मात्र प्रमुख दलहरु मिल्छन् । तर हाम्रो देशमा त्यस्तो कुनै अवस्था पनि थिएन् । तर ठूला दल मिले र देशमा विकास गर्छौ, नयाँ फड्को मार्छौ भने । तर यो सात महिना बित्दा पनि केही हुन सकेको छैन् ।’

यसको साथै, उनले देश मरुभूमी बन्दै गइरहेका बेला सरकारले चिन्ता नै नलिएको पनि बताए ।

उनले भने, ‘सुशासन ल्याउने, भ्रष्टाचार हटाउने नारा लगाए । आर्थिक समृद्धि ल्याउछौ पनि भने । तर व्यापार घाटा बढेको छ । भ्रष्टाचारले बाटो काटेको छ । बेरोजगारी बढेको छ । देश मरुभूमी हुदैँछ । यस्तो अवस्थामा चिन्तामा हुनुपर्ने सरकारले चिन्ता लिएको छैन् ।’

Skip This
Skip This
Logo