प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङमा

प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री ओली दाङमा

केन्द्रबिन्दु
33
Shares

दाङ । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुगेका छन् ।

ओली नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आएका हुन् ।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए। उनले केहीबेरमा लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।

प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई विशेष सम्बोधनपछि घोराहीमा नेकपा (एमाले) दाङले आयोजना गरेकोे सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमपछि उनले टरिगाउँ विमानस्थलको निरीक्षण तथा अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

Skip This
Skip This
Logo