काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले मिडिया र पत्रकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
आइतबार संसद बैठक सकिएपछि बाहिर निस्किने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकारहरुले प्रश्नको प्रहार गर्दै र्याखर्याख्ती पारेका थिए । कसैले त तपाईं हिटलर हो ? भनी सोध्नसमेत भ्याएका थिए । त्यसैको विरोधमा आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले संसद सचिवालयको अनुमति लिएर आएका पत्रकारहरुले संविधानभित्र रहेर प्रश्न गर्नुपर्छ/पर्दैन भन्दै सदनको ध्यानाकर्षण गराएका हुन् ।





























प्रतिक्रिया