काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणमा आफूले कार्यकक्ष राख्दा भएको आलोचनामा असन्तुष्टि पोखेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले भने, ‘प्राधिकरणमा सञ्चालक समितिको अध्यक्षका लागि एउटा कोठा राख्दा के आकाश खस्यो ? यसले हुने के हो ? आत्तिनुपर्ने कुरा के छ ? यसअघि पनि त्यहाँ कार्यकक्ष राखिएकैथियो र पछिल्लोसमय ग्याप बस्यो । अहिले त्यहाँ गलत भए प्रश्न राख्न सक्नुहुन्छ ।’
साथै मन्त्री खड्का प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पनि खनिएका छन् । घिसिङकै कारण के लोडसेडिङ नभएर उत्पात भएको हो र भन्न समेत उनले भ्याए । ‘प्राधिकरणका एमडीकाे ८ वर्षे कार्यकाल देख्नु भएकै छ । उहाँ हुँदा लोडसेडिङ नभएर के उत्पात नै भएको छ र ? तत्कालिन अवस्थामा नेपाललाई चाहिने ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा ट्रान्समिसन लाइन कसले कनायो ? सबैले जान्नुहुन्छ । अनि उहाँ चाँही उत्पात देउता हुनुभयो ? अचम्म लाग्छ ।’





























प्रतिक्रिया