सांसद भीमसेनदास प्रधानले घरभाडावापत लिएको ८४ हजार फिर्ता गरे

सांसद भीमसेनदास प्रधानले घरभाडावापत लिएको ८४ हजार फिर्ता गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद भीमसेनदास प्रधानले घरभाडा वापत लिएको रकम फिर्ता गरेका छन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म संसद सचिवालयबाट घर भाडावापत लिएको ८४ हजार ३ सय रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका हुन् ।

काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधि सभामा निर्वाचित प्रधानले आइतबार संसद सचिवालयमा पत्र दर्ता गरी के कति कारणले सो रकम आफ्नो नाममा आएको आफुलाई जानकारी नभएको उल्लेख गरेका छन् । उनले घर भाडा दिएको अवस्था रहे फिर्ता गर्ने आवश्यक व्यवस्था मिलाईदिन संसद सचिवालयलाई अनुरोध गरेका छन् ।

प्रधानले आफूले २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएपछि सम्पत्ति विवरणसम्बन्धी सूचनामा काठमाडौं महानगरपालिका २७ मा सगोलको घर रहेको छ ।

Logo