अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डोत्तोलन

अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डोत्तोलन

केन्द्रबिन्दु
18
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन्।

मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै उनले समाज निर्माणका लागि सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि अपिल गरे ।

जनतासँग माओवादी तराई मधेस जनजागरण कार्यक्रमका अवसरमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासहित झापा आएका अध्यक्ष दाहालले कचनकवलको स्तम्भमा पुगेर झण्डोत्तोलन गरेका हुन् ।

उनले आजै कचनकवलको हुक्काहुक्की चोक बनियानीबाट अभियानको शुभारम्भ गर्नै कार्यक्रम रहेको पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए।
झापाबाट सुरु हुने अभियान कञ्चनपुरमा पुगेर समापन हुने छ ।

Logo