कञ्चनपुर । छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका बाबुलाई उपचारको लागि काठमाडौं पठाईएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको हो ।
१४ दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको हो ।
उक्त घटनापछि डिप्रशेनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारवणमा बस्नुपर्ने बताउँदै उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाव दिएका थिए । तर छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराजको मानसिक अवस्ता चिन्ताजनक भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको श्रीमती दुर्गादेवी पन्तले बताईन् ।
डिप्रेशनको समस्याले ग्रस्त यज्ञराजले चार–पाँच दिनमा अस्वाभाविक व्यवहार देखाएको थियो । रातभरी नसुत्ने, बर्बराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि परिवारका सदस्य चिन्तित बनेका छन् । यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त लगायत पनि काठमाडौं आएका छन् ।





























प्रतिक्रिया