काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ ।
मंगलबार बसेको बैठकमा राप्रपाका वरिष्ठ नेता एवं सांसद दीपक बोहराको निधनको शोक प्रस्ताव पारित गरिएको थियो । घाँटीको समस्याबाट लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा आजै उपचारका क्रममा निधन भएको हो ।
०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–३ बाट बालकृष्ण खाँणलाई पराजित गर्दै उनी सांसद चुनिएका थिए । कोरोनापछि उनको घाँटीमा समस्या आएको थियो ।
साथै राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेको भनी पठाएकाे पत्र सुनाउँदै सभामुख देवराज घिमिरेले बैठक अन्त्य भएको जानकारी गराए ।































प्रतिक्रिया