संसद्को हिउँदे अधिवेशनमा के-के भए काम कारबाही ?

संसद्को हिउँदे अधिवेशनमा के-के भए काम कारबाही ?

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । सङ्घीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको हो । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरेका हुन् ।

यो अधिवेशनको गलपासो बनेको विभिन्न पाँचवटा विधेयक सोमबार मात्रै पारित भएको थियो । संघीय संसद्ले सोमबार एकै दिनमा पारित गरेका ती ५ वटा ऐन संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरिसकेका छन् । यसरी प्रमाणीकरण हुनेमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।

यी हुन् हिउँदे अधिवेशनमा भएका काम कारबाही

Logo