काठमाडौं । सरकारले गत शुक्रबार तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाउनेका परिवारहरुलाई १०– १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थमन्त्रालय अनुरोध गर्ने निर्णय गरेको हो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जन र राजवादीले गरेको प्रदर्शनका क्रममा आगजनीमा परी पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
एभिन्युज टेलिभिजनमा कार्यरत सुरेशले प्रदर्शनको भिडियो खिच्ने क्रममा आगलागीमा परी ज्यान गुमाएका हुन् । उनको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । रजक परिवारले घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने, उनलाई सहिद घोषणा गरिनुपर्ने र क्षतिपूर्तिको व्यवस्थासमेत हुनुपर्ने माग राखेका छन् । यता महर्जनको भने मंगलबार साँझ दाहसंस्कार भइसकेको छ । उनलाई भने प्रदर्शनकै क्रममा प्रहरीले गोली प्रहार गरेको थियो । पोस्टमार्टमका क्रममा उनको दायाँ हातको कुनामा गोली लागेको पाइएको थियो ।





























प्रतिक्रिया